close
सामग्रीमा जानुहोस्

सन् २०२६ को इरान युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२६ को इरान द्वन्द्व
मध्य पूर्व सङ्कट (सन् २०२३–वर्तमान)को भाग
मिति२८ फेब्रुअरी २०२६ – वर्तमान (२ महिना र ३ हप्ता)
स्थान
पश्चिम एसिया (मुख्यतः फारसको खाडी र ऐतिहासिक पूर्व-भूमध्यसागरीय क्षेत्रहरू)
स्थिति जारी
योद्धा

BERJAYA संयुक्त राज्य अमेरिका
BERJAYA इजरायल


रक्षात्मक मात्र:
BERJAYA इरान
सेनापतिहरू
संयुक्त राज्य अमेरिका डोनाल्ड ट्रम्प
संयुक्त राज्य अमेरिका जेडी भ्यान्स
संयुक्त राज्य अमेरिका मार्को रुबियो
संयुक्त राज्य अमेरिका पिट हेगसेथ
संयुक्त राज्य अमेरिका ड्यान केन
संयुक्त राज्य अमेरिका ब्राड कुपर
संयुक्त राज्य अमेरिका केनेथ विल्सबाक
संयुक्त राज्य अमेरिका डेरिल काउडल
इजरायल बेन्जामिन नेतन्याहु
इजरायल इजरायल काट्ज
इजरायल डेभिड बार्निया
इजरायल इयाल जामिर
इजरायल तामिर यादाई
इजरायल टोमर बार
इजरायल स्लोमी बाइन्डर
इजरायल इत्जिक कोहेन
इजरायल से कालफेर
इरान अली खामेनेई X
इरान मसुद पेजेस्कियान
इरान गोलम-हुसेन मोहसेनी-इजेई
इरान अब्बास अराघची
इरान अहमद वाहिदी
इरान अजिज नासिरजादेह X
इरान अली लारिजानी
इरान अलिरेजा अराफी
इरान अब्दोलरहिम मौसावी X
इरान अली अब्दुल्लाही
इरान अमिर हतामी
इरान मोहम्मद पाकपुर X
इरान माजिद मौसावी
इरान अलिरेजा ताङसिरी
इरान अली शामखानी X
हुथी अब्दुल-मलिक अल-हुथी
हिजबुल्लाह नैम कासिम
Units involved
मृत्यु र क्षति
BERJAYA ४ सैनिक मारिए, ५ घाइते[]
३ एफ-१५इ विमान नष्ट (मैत्रीपूर्ण आक्रमण)[]
BERJAYA १२ जना मारिए, ११ बेपत्ता,[] ७७७ घाइते[][]
इरान ४८ नेताहरू मारिएका (अमेरिकाको अनुसार)[१०]
९ युद्धपोतहरू डुबाइए (अमेरिकाको अनुसार)[११]
कम्तिमा १ एफ-४ र २ नर्थरोप एफ-५ विमानहरू नष्ट[१२]
इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार:[]
५५५ जना मारिएका (कम्तिमा १५० सर्वसाधारण सन् २०२६ को मिनाब विद्यालय हवाई हमलामा मारिएका),[१३]
७४७ घाइते

लोकप्रिय परिचालन बल ४ लडाकुको मृत्यु, ३ घाइते[१४]
लेबनान ३१ जनाको मृत्यु, १४९ घाइते[१५]
BERJAYA संयुक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु र ५८ अन्य घाइते[१६]
BERJAYA कुवेतमा १ जनाको मृत्यु र ३२ अन्य घाइते[१७]
BERJAYA कतारमा १६ जना घाइते[१८]
BERJAYA जोर्डनमा ५ जना घाइते[१९]
BERJAYAबहराइनमा १ जनाको मृत्यु र ६ अन्य घाइते
BERJAYA ओमानमा १ जना घाइते
BERJAYA १ चिनियाँ नागरिकको इरानमा मृत्यु भएको[२०]
BERJAYA १ पाकिस्तानी नागरिकको मृत्यु संयुक्त अरब इमिरेट्समा भएको[२१]
BERJAYA संयुक्त अरब इमिरेट्समा १ नेपालीको मृत्यु [२२]
हर्मुज जलसन्धिमा १ जना मारिएका र ४ अन्य घाइते भएका[२३]

सन् २०२६ फेब्रुअरी २८ का दिन इजरायलसंयुक्त राज्य अमेरिकाले इरानका विभिन्न स्थानहरूमा एकैसाथ समन्वयात्मक आक्रमण सुरु गरेपछि यसले एउटा ठूलो द्वन्द्व निम्त्याएको थियो। यस आक्रमणले उच्च पदस्थ अधिकारीहरू सहित सैन्य सुरक्षालाई निशाना बनाएको थियो र यसको उद्देश्य सत्ता परिवर्तन गराउनु थियो।[२४] यस आक्रमणमा परी इरानका द्वितीय सर्वोच्च नेता, अली खामेनेईले समेत ज्यान गुमाएका थिए।[२५]

आक्रमण हुनुभन्दा अघि ओमानको मध्यस्थतामा अप्रत्यक्ष आणविक वार्ता भएतापनि उक्त वार्ता कुनै सम्झौता बिनानै समाप्त भएको थियो।[२६] त्यसपछि संयुक्त राज्य अमेरिकाले सन् २००३ को इराक आक्रमण यताकै सबैभन्दा ठूलो सैन्य परिचालन मध्य पूर्वमा गरेको थियो।[२७] यसको सुरुवात अमेरिका र इजरायलले इरानका सहरहरू तेहरान, इस्फहान, कोम, कराजकेर्मानसाहमा गरेको संयुक्त आक्रमणबाट भएको थियो। यस आक्रमण मार्फत इरानका सर्वोच्च नेता अली खामेनेईको हत्या गरिएको र उनको निवास पूर्ण रूपमा ध्वस्त पारिएको थियो। सर्वोच्च नेताका साथसाथै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्व प्रमुख अली सामखानी र अन्य धेरै इरानी अधिकारीहरू पनि मारिएका थिए।[२८]

प्रतिशोधस्वरूप, इरानले इजरायललाई लक्षित गर्नुका साथै[२९] फारसको खाडी क्षेत्रभरि आफ्ना दर्जनौँ ड्रोन र प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रहार गरी त्यसको प्रमुख निशाना जोर्डन, कुवेत,[३०] बहराइन,[३०] कतार,[३०] इराक,[३१] साउदी अरबसंयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई बनाइएको थियो।[३२] इरानले कुवेत र संयुक्त अरब इमिरेट्सका अन्तर्राष्ट्रिय विमानस्थलहरू सहित नागरिक उड्डयन सुविधाहरूमा समेत आक्रमण गरेको प्रतिवेदनहरू सार्वजनिक भएका थिए।[३३][३४][३५] यमनमा आधारित हुथीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने घोषणा गरेका थिए।[३६][३७] हर्मुज जलसन्धिलाई इरानद्वारा बन्द गरिएपछि विश्वव्यापी तेल र ग्यास ढुवानीमा अवरोध पुगेको थियो।[३८]

ट्रम्पले यस सैन्य अभियानको उद्देश्य इरानको क्षेप्यास्त्र र सैन्य क्षमता नष्ट गर्ने, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र अन्ततः त्यहाँको शासन सत्ता ढाल्नु रहेको घोषणा गरेका थिए।[३९] मार्च १ का दिन ट्रम्पले यी उद्देश्यहरू पूरा हुन एक महिना वा सोभन्दा कम समय लाग्ने बताएता पनि[४०] विश्लेषकहरूले भने परिवर्तन भइरहने यस्ता उद्देश्यहरू तोकिएको समय सीमाभित्र पूरा हुन सक्नेमा प्रश्न उठाएका थिए।[४१][४२][४३]

यी आक्रमणहरूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू मिश्रित रहेका छन्। विश्वभरि नै आक्रमणको समर्थनमा उत्सव र आक्रमणको विरोधमा प्रदर्शनहरू आयोजना गरिएका र यसैको प्रतिक्रियास्वरूप विभिन्न स्थानमा गोलीकाण्डका घटनाहरू समेत भएका थिए।[४४] संयुक्त राष्ट्र सङ्घ र धेरै तटस्थ देशहरूले मध्य पूर्वको स्थिरतामा दखल पुर्‍याएको भन्दै सुरुवाती आक्रमणहरूको निन्दा गरेका थिए भने अन्य केहीले भने यस क्षेत्रका अमेरिकी सहयोगीहरूमाथि इरानले गरेको प्रतिशोधात्मक आक्रमणको आलोचना गरेका थिए।[४५] यस सैन्य अभियानका आलोचकहरूले यसलाई अमेरिकी कानुन विपरित अवैध र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इरानको सार्वभौमिकताको उल्लङ्घनको रूपमा समेत वर्णन गरेका छन्।[४६][४७]

  1. 1 2 3 4 5 6 इरानद्वारा आक्रमण गरिएको।
  2. दुवै युद्धरत पक्षहरूद्वारा विभिन्न स्थानमा आक्रमण गरिएको।
  3. 1 2 इरानी क्षेप्यास्त्रको प्रभाव, यद्यपि जानाजानी लक्षित गरिएको होइन।
  4. इरानद्वारा आक्रमण गरिएको
  5. बेलायती विमानहरूले अमेरिका र इजरायलको पक्षमा "रक्षात्मक अभियान"मा भाग लिएका थिए।
  6. ड्रोनद्वारा आक्रमण गरिएको।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Mohamed, Edna; Marsi, Federica, "US and Israel attack Iran; explosions heard in Israel", Al Jazeera English, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  2. "The Second Day of the U.S.–Israel and Iran War: Rising Civilian Casualties", HRANA, १ मार्च २०२६।
  3. 1 2 "Strikes, power cuts, uncertainty: US-Israel war with Iran impacts Kurdistan Region", The New Region, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  4. 1 2 "France, Germany, UK ready to take 'defensive action' against Iran", France24 (अङ्ग्रेजीमा), १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  5. "Greece deploys frigates and F-16s to Cyprus amid rising security tensions", Ekathimerini (अङ्ग्रेजीमा), २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६
  6. "Fourth US service members dies following Iran strikes", News Nation, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६
  7. "Three U.S. F-15s Involved in Friendly Fire Incident in Kuwait; Pilots Safe", CENTCOM, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६
  8. Harkov, Lahav (१ मार्च २०२६), "At least 12 killed in Iranian missile strikes in Israel since start of war", Jewish Insider
  9. "Health Ministry says 777 people hospitalized since start of Iran war"
  10. "Trump says 48 leaders killed in strikes on Iran, in Fox News interview", Reuters, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  11. Gambrell, Jon; Lidman, Melanie; Boak, Josh; Tucker, Eric (१ मार्च २०२६), "Trump says 9 Iranian warships have been sunk", WRAL-TV, Associated Press, अन्तिम पहुँच १ मार्च २०२६
  12. Iran Update Evening Special Report, March 1, 2026
  13. Lizzie Porter [@lcmporter] (२०२६-०३-०२), "555 people have been killed in US and Israeli attacks across Iran, the country's Red Crescent Society said." (ट्विट), अन्तिम पहुँच २०२६-०३-०२ ट्विटरद्वारा।
  14. "Iran-Backed Iraqi Militia Says Four Fighters Killed in US-Israeli Airstrike as Protests Erupt Across Iraq"
  15. "Israeli air attacks on Lebanon kill at least 31, wound dozens more: Health Ministry", Al Jazeera
  16. "Three killed and 58 injured as UAE intercepts Iranian drones targeting the country", Gulf News, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  17. "الصحة: حالة وفاة واحدة و32 إصابة على خلفية التطورات الراهنة في المنطقة" [Health Ministry: One death and 32 injuries reported due to current developments in the region], Kuwait News, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  18. "Ministry of Interior announces 8 new injuries resulting from Iranian attack", The Peninsula Newspaper (अङ्ग्रेजीमा), QNA, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  19. Akour, Omar, "Jordanian police say 5 people injured by falling shrapnel after Iranian projectiles were intercepted in the kingdom's airspace", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६
  20. "China says one citizen dead in Iran conflict, more than 3,000 evacuated", Reuters, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६
  21. "Pakistani citizen dies as UAE intercepts Iranian missile amid US, Israel strikes", The Express Tribune, २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २ मार्च २०२६
  22. "इरानी हमलाबाट एक जना नेपालीको मृत्यु : युएईको रक्षा मन्त्रालय", नेपाल खबर (नेपालीमा), २० फागुन २०८२।
  23. "Three tankers damaged in Gulf and one seafarer killed as US-Iran conflict escalates", The Times of Israel (अङ्ग्रेजीमा), १ मार्च २०२६, आइएसएसएन 0040-7909, अन्तिम पहुँच २ मार्च २०२६
  24. Sanger, David E. (२८ फेब्रुअरी २०२६), "For Trump, the Iran Attack Is the Ultimate War of Choice", The New York Times, अन्तिम पहुँच १ मार्च २०२६
  25. "Iranian state TV announces death of Iran's Supreme Leader Ali Khamenei", Middle East Eye (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  26. "US-Iran talks end with no deal but potential signs of progress", reuters, अन्तिम पहुँच २६ फेब्रुअरी २०२६
  27. Seligman, Lara; Gordon, Michael R.; Ward, Alexander; Holliday, Shelby (१९ फेब्रुअरी २०२६), "U.S. Gathers the Most Air Power in the Mideast Since the 2003 Iraq Invasion", The wall streat journal (अङ्ग्रेजीमा), मूलबाट १९ फेब्रुअरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०२६
  28. Fabian, Emanuel (२८ फेब्रुअरी २०२६), "Satellite image shows destruction of Khamenei's compound", The times of isreal (अङ्ग्रेजीमा), आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  29. Boxerman, Aaron; Pager, Tyler; Fassihi, Farnaz; Bergman, Ronen (२८ फेब्रुअरी २०२६), "U.S.-Led Strike on Iran: Live Updates as Trump Calls for Government Overthrow", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  30. 1 2 3 "Smoke seen in Bahrain, Qatar and Kuwait as Iran retaliates against strikes", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  31. "Kurdistan Announces Safety, Supply and Power Measures as Missiles Intercepted Over Erbil", Kurdistan24 (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  32. Piper, Imogen; Kelly, Meg; Ley, Jarrett; Ducroquet, Simon (२८ फेब्रुअरी २०२६), "See where U.S., Israeli strikes have hit Iran and where Iran has retaliated", The Washington Post (अङ्ग्रेजीमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच १ मार्च २०२६
  33. "Dubai airport, iconic Burj Al Arab hotel damaged in Iranian missile strikes", Reuters, अन्तिम पहुँच १ मार्च २०२६
  34. "إصابة 4 أشخاص في حادث بمطار دبي الدولي", Sky News Arabia (अरबीमा), १ मार्च २०२६।
  35. "إصابة 4 أشخاص إثر حادث في مطار دبي الدولي", FactJo (अरबीमा), अन्तिम पहुँच १ मार्च २०२६
  36. Bennett, Tom (२८ फेब्रुअरी २०२६), "Iran says it has hit US base in Bahrain, as it launches strikes across region", BBC News, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  37. "Iranian-backed Houthis say they'll resume attacks on Israel and on shipping routes", The Times of Israel (अङ्ग्रेजीमा), Associated Press, २८ फेब्रुअरी २०२६, आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  38. Elliott, Rebecca F.; Eavis, Peter (२८ फेब्रुअरी २०२६), "Oil Shipments in Persian Gulf Already Disrupted by Iran Attack", The New York Times
  39. Magid, Jacob (२८ फेब्रुअरी २०२६), "Trump indicates goal of Iran strikes is to topple regime; tells Iranian people: 'When we're finished, take over your government'", The Times of Israel (अङ्ग्रेजीमा), आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  40. "Trump says Iran war may last 'four weeks or so'", Middle East Eye (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६
  41. "Donald Trump's Iran objectives: What can be achieved?", dw.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६
  42. "Six key lines from Trump's statement on Iran strikes", BBC (en-GBमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच १ मार्च २०२६
  43. "Trump: 'Freedom' for Iran is goal of 'major military operation'", The Washington Post (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, आइएसएसएन 0190-8286, अन्तिम पहुँच १ मार्च २०२६
  44. "Crowds worldwide rage or celebrate after Iran strikes; 23 killed in Pakistan", Reuters।
  45. "How the world has reacted to US and Israeli strikes on Iran", BBC News (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६
  46. Schneid, Rebecca (२८ फेब्रुअरी २०२६), "How the World Is Reacting to the Attack on Iran", Time (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६
  47. "US, Israel defend strikes at UN as Iran alleges 'war crime'", Philstar.com, अन्तिम पहुँच २ मार्च २०२६