सन् २०२६ को इरान युद्ध
| सन् २०२६ को इरान द्वन्द्व | |||||||
|---|---|---|---|---|---|---|---|
| मध्य पूर्व सङ्कट (सन् २०२३–वर्तमान)को भाग | |||||||
| |||||||
| योद्धा | |||||||
|
रक्षात्मक मात्र: |
| ||||||
| सेनापतिहरू | |||||||
|
|
| ||||||
| Units involved | |||||||
| मृत्यु र क्षति | |||||||
|
३ एफ-१५इ विमान नष्ट (मैत्रीपूर्ण आक्रमण)[७] |
९ युद्धपोतहरू डुबाइए (अमेरिकाको अनुसार)[११] कम्तिमा १ एफ-४ र २ नर्थरोप एफ-५ विमानहरू नष्ट[१२] इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार:[१] ५५५ जना मारिएका (कम्तिमा १५० सर्वसाधारण सन् २०२६ को मिनाब विद्यालय हवाई हमलामा मारिएका),[१३] ७४७ घाइते | ||||||
|
हर्मुज जलसन्धिमा १ जना मारिएका र ४ अन्य घाइते भएका[२३] | |||||||
सन् २०२६ फेब्रुअरी २८ का दिन इजरायल र संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न स्थानहरूमा एकैसाथ समन्वयात्मक आक्रमण सुरु गरेपछि यसले एउटा ठूलो द्वन्द्व निम्त्याएको थियो। यस आक्रमणले उच्च पदस्थ अधिकारीहरू सहित सैन्य सुरक्षालाई निशाना बनाएको थियो र यसको उद्देश्य सत्ता परिवर्तन गराउनु थियो।[२४] यस आक्रमणमा परी इरानका द्वितीय सर्वोच्च नेता, अली खामेनेईले समेत ज्यान गुमाएका थिए।[२५]
आक्रमण हुनुभन्दा अघि ओमानको मध्यस्थतामा अप्रत्यक्ष आणविक वार्ता भएतापनि उक्त वार्ता कुनै सम्झौता बिनानै समाप्त भएको थियो।[२६] त्यसपछि संयुक्त राज्य अमेरिकाले सन् २००३ को इराक आक्रमण यताकै सबैभन्दा ठूलो सैन्य परिचालन मध्य पूर्वमा गरेको थियो।[२७] यसको सुरुवात अमेरिका र इजरायलले इरानका सहरहरू तेहरान, इस्फहान, कोम, कराज र केर्मानसाहमा गरेको संयुक्त आक्रमणबाट भएको थियो। यस आक्रमण मार्फत इरानका सर्वोच्च नेता अली खामेनेईको हत्या गरिएको र उनको निवास पूर्ण रूपमा ध्वस्त पारिएको थियो। सर्वोच्च नेताका साथसाथै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्व प्रमुख अली सामखानी र अन्य धेरै इरानी अधिकारीहरू पनि मारिएका थिए।[२८]
प्रतिशोधस्वरूप, इरानले इजरायललाई लक्षित गर्नुका साथै[२९] फारसको खाडी क्षेत्रभरि आफ्ना दर्जनौँ ड्रोन र प्राक्षेपिक क्षेप्यास्त्रहरू प्रहार गरी त्यसको प्रमुख निशाना जोर्डन, कुवेत,[३०] बहराइन,[३०] कतार,[३०] इराक,[३१] साउदी अरब र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई बनाइएको थियो।[३२] इरानले कुवेत र संयुक्त अरब इमिरेट्सका अन्तर्राष्ट्रिय विमानस्थलहरू सहित नागरिक उड्डयन सुविधाहरूमा समेत आक्रमण गरेको प्रतिवेदनहरू सार्वजनिक भएका थिए।[३३][३४][३५] यमनमा आधारित हुथीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने घोषणा गरेका थिए।[३६][३७] हर्मुज जलसन्धिलाई इरानद्वारा बन्द गरिएपछि विश्वव्यापी तेल र ग्यास ढुवानीमा अवरोध पुगेको थियो।[३८]
ट्रम्पले यस सैन्य अभियानको उद्देश्य इरानको क्षेप्यास्त्र र सैन्य क्षमता नष्ट गर्ने, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र अन्ततः त्यहाँको शासन सत्ता ढाल्नु रहेको घोषणा गरेका थिए।[३९] मार्च १ का दिन ट्रम्पले यी उद्देश्यहरू पूरा हुन एक महिना वा सोभन्दा कम समय लाग्ने बताएता पनि[४०] विश्लेषकहरूले भने परिवर्तन भइरहने यस्ता उद्देश्यहरू तोकिएको समय सीमाभित्र पूरा हुन सक्नेमा प्रश्न उठाएका थिए।[४१][४२][४३]
यी आक्रमणहरूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू मिश्रित रहेका छन्। विश्वभरि नै आक्रमणको समर्थनमा उत्सव र आक्रमणको विरोधमा प्रदर्शनहरू आयोजना गरिएका र यसैको प्रतिक्रियास्वरूप विभिन्न स्थानमा गोलीकाण्डका घटनाहरू समेत भएका थिए।[४४] संयुक्त राष्ट्र सङ्घ र धेरै तटस्थ देशहरूले मध्य पूर्वको स्थिरतामा दखल पुर्याएको भन्दै सुरुवाती आक्रमणहरूको निन्दा गरेका थिए भने अन्य केहीले भने यस क्षेत्रका अमेरिकी सहयोगीहरूमाथि इरानले गरेको प्रतिशोधात्मक आक्रमणको आलोचना गरेका थिए।[४५] यस सैन्य अभियानका आलोचकहरूले यसलाई अमेरिकी कानुन विपरित अवैध र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इरानको सार्वभौमिकताको उल्लङ्घनको रूपमा समेत वर्णन गरेका छन्।[४६][४७]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 6 इरानद्वारा आक्रमण गरिएको।
- ↑ दुवै युद्धरत पक्षहरूद्वारा विभिन्न स्थानमा आक्रमण गरिएको।
- 1 2 इरानी क्षेप्यास्त्रको प्रभाव, यद्यपि जानाजानी लक्षित गरिएको होइन।
- ↑ इरानद्वारा आक्रमण गरिएको
- ↑ बेलायती विमानहरूले अमेरिका र इजरायलको पक्षमा "रक्षात्मक अभियान"मा भाग लिएका थिए।
- ↑ ड्रोनद्वारा आक्रमण गरिएको।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Mohamed, Edna; Marsi, Federica, "US and Israel attack Iran; explosions heard in Israel", Al Jazeera English, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ "The Second Day of the U.S.–Israel and Iran War: Rising Civilian Casualties", HRANA, १ मार्च २०२६।
- 1 2 "Strikes, power cuts, uncertainty: US-Israel war with Iran impacts Kurdistan Region", The New Region, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- 1 2 "France, Germany, UK ready to take 'defensive action' against Iran", France24 (अङ्ग्रेजीमा), १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Greece deploys frigates and F-16s to Cyprus amid rising security tensions", Ekathimerini (अङ्ग्रेजीमा), २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ "Fourth US service members dies following Iran strikes", News Nation, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ "Three U.S. F-15s Involved in Friendly Fire Incident in Kuwait; Pilots Safe", CENTCOM, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ Harkov, Lahav (१ मार्च २०२६), "At least 12 killed in Iranian missile strikes in Israel since start of war", Jewish Insider।
- ↑ "Health Ministry says 777 people hospitalized since start of Iran war"।
- ↑ "Trump says 48 leaders killed in strikes on Iran, in Fox News interview", Reuters, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Gambrell, Jon; Lidman, Melanie; Boak, Josh; Tucker, Eric (१ मार्च २०२६), "Trump says 9 Iranian warships have been sunk", WRAL-TV, Associated Press, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Iran Update Evening Special Report, March 1, 2026
- ↑ Lizzie Porter [@lcmporter] (२०२६-०३-०२), "555 people have been killed in US and Israeli attacks across Iran, the country's Red Crescent Society said." (ट्विट), अन्तिम पहुँच २०२६-०३-०२ – ट्विटरद्वारा।
- ↑ "Iran-Backed Iraqi Militia Says Four Fighters Killed in US-Israeli Airstrike as Protests Erupt Across Iraq"।
- ↑ "Israeli air attacks on Lebanon kill at least 31, wound dozens more: Health Ministry", Al Jazeera।
- ↑ "Three killed and 58 injured as UAE intercepts Iranian drones targeting the country", Gulf News, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "الصحة: حالة وفاة واحدة و32 إصابة على خلفية التطورات الراهنة في المنطقة" [Health Ministry: One death and 32 injuries reported due to current developments in the region], Kuwait News, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Ministry of Interior announces 8 new injuries resulting from Iranian attack", The Peninsula Newspaper (अङ्ग्रेजीमा), QNA, १ मार्च २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Akour, Omar, "Jordanian police say 5 people injured by falling shrapnel after Iranian projectiles were intercepted in the kingdom's airspace", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "China says one citizen dead in Iran conflict, more than 3,000 evacuated", Reuters, २ मार्च २०२६, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ "Pakistani citizen dies as UAE intercepts Iranian missile amid US, Israel strikes", The Express Tribune, २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ "इरानी हमलाबाट एक जना नेपालीको मृत्यु : युएईको रक्षा मन्त्रालय", नेपाल खबर (नेपालीमा), २० फागुन २०८२।
- ↑ "Three tankers damaged in Gulf and one seafarer killed as US-Iran conflict escalates", The Times of Israel (अङ्ग्रेजीमा), १ मार्च २०२६, आइएसएसएन 0040-7909, अन्तिम पहुँच २ मार्च २०२६।
- ↑ Sanger, David E. (२८ फेब्रुअरी २०२६), "For Trump, the Iran Attack Is the Ultimate War of Choice", The New York Times, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Iranian state TV announces death of Iran's Supreme Leader Ali Khamenei", Middle East Eye (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ "US-Iran talks end with no deal but potential signs of progress", reuters, अन्तिम पहुँच २६ फेब्रुअरी २०२६।
- ↑ Seligman, Lara; Gordon, Michael R.; Ward, Alexander; Holliday, Shelby (१९ फेब्रुअरी २०२६), "U.S. Gathers the Most Air Power in the Mideast Since the 2003 Iraq Invasion", The wall streat journal (अङ्ग्रेजीमा), मूलबाट १९ फेब्रुअरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Fabian, Emanuel (२८ फेब्रुअरी २०२६), "Satellite image shows destruction of Khamenei's compound", The times of isreal (अङ्ग्रेजीमा), आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ Boxerman, Aaron; Pager, Tyler; Fassihi, Farnaz; Bergman, Ronen (२८ फेब्रुअरी २०२६), "U.S.-Led Strike on Iran: Live Updates as Trump Calls for Government Overthrow", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- 1 2 3 "Smoke seen in Bahrain, Qatar and Kuwait as Iran retaliates against strikes", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ "Kurdistan Announces Safety, Supply and Power Measures as Missiles Intercepted Over Erbil", Kurdistan24 (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ Piper, Imogen; Kelly, Meg; Ley, Jarrett; Ducroquet, Simon (२८ फेब्रुअरी २०२६), "See where U.S., Israeli strikes have hit Iran and where Iran has retaliated", The Washington Post (अङ्ग्रेजीमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Dubai airport, iconic Burj Al Arab hotel damaged in Iranian missile strikes", Reuters, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "إصابة 4 أشخاص في حادث بمطار دبي الدولي", Sky News Arabia (अरबीमा), १ मार्च २०२६।
- ↑ "إصابة 4 أشخاص إثر حادث في مطار دبي الدولي", FactJo (अरबीमा), अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Bennett, Tom (२८ फेब्रुअरी २०२६), "Iran says it has hit US base in Bahrain, as it launches strikes across region", BBC News, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ "Iranian-backed Houthis say they'll resume attacks on Israel and on shipping routes", The Times of Israel (अङ्ग्रेजीमा), Associated Press, २८ फेब्रुअरी २०२६, आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ Elliott, Rebecca F.; Eavis, Peter (२८ फेब्रुअरी २०२६), "Oil Shipments in Persian Gulf Already Disrupted by Iran Attack", The New York Times।
- ↑ Magid, Jacob (२८ फेब्रुअरी २०२६), "Trump indicates goal of Iran strikes is to topple regime; tells Iranian people: 'When we're finished, take over your government'", The Times of Israel (अङ्ग्रेजीमा), आइएसएसएन 0040-7909, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ "Trump says Iran war may last 'four weeks or so'", Middle East Eye (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Donald Trump's Iran objectives: What can be achieved?", dw.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Six key lines from Trump's statement on Iran strikes", BBC (en-GBमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Trump: 'Freedom' for Iran is goal of 'major military operation'", The Washington Post (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, आइएसएसएन 0190-8286, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "Crowds worldwide rage or celebrate after Iran strikes; 23 killed in Pakistan", Reuters।
- ↑ "How the world has reacted to US and Israeli strikes on Iran", BBC News (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।
- ↑ Schneid, Rebecca (२८ फेब्रुअरी २०२६), "How the World Is Reacting to the Attack on Iran", Time (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ "US, Israel defend strikes at UN as Iran alleges 'war crime'", Philstar.com, अन्तिम पहुँच २ मार्च २०२६।
