close
सामग्रीमा जानुहोस्

दालचिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दालचीनी
BERJAYA
दालचीनीको पातहरू एवं पुष्प
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. zeylanicum
वैज्ञानिक नाम
Cinnamomum zeylanicum
J.Presl

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ।

BERJAYA
दालचिनीको बिरुवा
BERJAYA
दालचिनीको बोक्रा र धुलो

नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो।रुखको पातलाई तेजपात र रुखको बोक्रा लाई दालचिनी भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ। भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ। वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरू भाँचेर झिकिन्छ। हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ। बाँकी हाँगाहरूलाई १ मि.को टुक्रामा काटिन्छ। बोक्र्रा निकालिने हाँगाहरूलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ। बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ। बोक्रा सुकेपछि कोप्रिदै जान्छ। एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ। राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ। बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ। प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ। यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ।

दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ। यसले बमन र वाक वाक रोक्दछ। बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ। यो तेल दाँतको औषधिको रूपमा प्रयोग हुन्छ।

दालचीनी (Cinnamomum verum, पर्यायवाचीC. zeylanicum) एक सानो सदाबहार रुख हो, जुन कि १०–१५ मी (३२.८–४९.२ फीट) अग्लो हुन्छ, यो Lauraceae परिवारको छ। यो श्रीलङ्का एवं दक्षिण भारततिर धेरै मात्रामा भेटिन्छ। यसको बोक्रा मसालाको रूपमा प्रयोग हुन्छ। यसमा एक अलग नै बासना हुन्छ, जुन कि यसलाई गरम मसलाको श्रेणीमा राखिन्छ।

  • अल्काईको रोगमा
दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
  • रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
  • दम खोकीमा
आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
  • चिसोले कपाल दुखेमा
दालचिनी र मरिचको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
  • घाँटी बसेमा
सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।
  • कोलस्टेरोल घटाउन

दालचिनीले कोलस्टेरोल घटाउन महत्त्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।

दालचिनी खेती गर्न रोप्ने दूरी कति राख्ने ? बर्गाकार लेआउट वा आयताकार लेआउट वा त्रिभुजाकार लेआउट गरी ३ तरिकाबाट लेआउट गर्न सकिन्छ। यसभित्र घुसुवा बाली सहित वा एकल बालीको रूपमा लगाउने हो? त्यसमा रोप्ने दूरीको निर्धारण गर्नुपर्छ। घुसुवा बालीसहित लेआउट गर्दा केही पातलो गरी रोप्नुपर्ने हुन्छ। यसको लागि ५ मि. × ५मि. वा ५.५मि. × ५मि. वा ५.५मि. × ४मि. दूरीमा रेखङ्कन गर्नुपर्छ। रोप्ने खाल्डा २ फीट गहीरो र २ फीट ब्यास हुने गरी बनाएर कम्पोस्ट मल पर्याप्त मात्रामा माटोमा मिसाएर खाल्डा पुर्ने र त्यसलाई आधा फुट जमिनको सतहभन्दा अग्लो बनाई बीचमा सानो लट्ठी गाडेर चिन्ह राख्ने। यसो गर्दा पछि बिरूवा रोप्दा ठिक बीचमा रोप्न सकिन्छ। बिरुवा छिटो हुर्काउन रोपेको २ वर्षसम्म रासायनिक मल दिनुपर्छ। प्राङ्गारिक विधिबाट खेती गर्नको लागि त्यसपछि कम्पोस्ट मल मात्रै दिने। प्राङ्गारक विधि होइन भने त्यसपछिका वर्षहरूमा पनि रासायनिक मल दिने।

BERJAYA
Cinnamomum verum, from Koehler's Medicinal-Plants (1887)
BERJAYA
Leaves from a wild cinnamon tree

दालचीनी एवं क्यासिया

[सम्पादन गर्नुहोस्]
BERJAYA
Quills of true cinnamon bark

दालचीनीको छाल एक मसलाको रूपमा व्यापक रूपले प्रयोग गरिन्छ। यो मुख्यतः एक मसला र स्वादिष्ट बनाउन मसला सामग्रीको रूपमा भान्सामा प्रयोग हुन्छ।

BERJAYA
Cinnamon (দারচিনি)

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

This article incorporates text from the Encyclopædia Britannica, Eleventh Edition, a publication now in the public domain.

    बाहिरी कडिहरू

    [सम्पादन गर्नुहोस्]

    ढाँचा:जडी बूटी एवं मसला