close

तपाईँको प्लगिन थप्नुहोस्

तपाईँले आफ्नो प्लगिन पेस गर्नुअघि, कृपया हाम्रो गाइडलाइन समीक्षा गर्नुहोस् र बारम्बार सोधिने प्रश्नहरू पढ्नुहोस्। साधारण प्रश्नहरूको संक्षिप्त चयन फारम तल उपलब्ध छ।

नयाँ प्लगिन अपलोड गर्नु अघि, कृपया लगइन गर्नुहोस्

पेस गरिसकेपछि, तपाईँको प्लगिन कुनै पनि सामान्य त्रुटिका लागि म्यानुअल रूपमा समीक्षा गरिनेछ, साथै यसले सबै गाइडलाइनहरू पालना गर्छ भन्ने सुनिश्चित गरिनेछ।

प्रश्नोत्तर

समीक्षा प्रक्रिया कति समय लाग्नेछ?

यो डेभलपर FAQ मा छ। यसले १ देखि १० दिनसम्म लाग्न सक्छ। हामी पेस गरेको ५ कार्य दिनभित्र सबै प्लगिनहरूको समीक्षा गर्ने प्रयास गर्छौँ, तर तपाईँको प्लगिनको जटिलतामा निर्भर गर्दै प्रक्रियाले जति समय लाग्छ त्यति नै लाग्छ।

म आफ्नो प्लगिन समीक्षा कसरी छिटो गराउन सक्छु?

अरूहरूको भन्दा तपाईँको प्लगिन समीक्षा प्राथमिकतामा राख्न सकिँदैन, हामीलाई तपाईँको प्लगिन छिटो स्वीकृत गर्न सहयोग गर्न, कृपया प्लगिन ह्यान्डबुकको सुरक्षा अध्याय पढ्नुभएको छ भन्ने सुनिश्चित गर्नुहोस्।

प्लगिन स्वीकृत नगर्नुका हाम्रा तीन सबैभन्दा सामान्य कारणहरू हुन्:

यदि तपाईँको प्लगिनको कोड माथिका श्रेणीहरूमध्ये कुनै एकमा पर्छ भने, तपाईँको प्लगिन स्वीकृत गरिने छैन। प्लगिन्स टिमले तपाईँलाई यी ह्यान्डबुक पृष्ठहरूमा फर्काउनेछ, जसले समीक्षा प्रक्रियामा थप ढिलाइ थप्नेछ।

मेरो प्लगिनको युआरएल के हुनेछ?

तपाईँको प्लगिनको युआरएल तपाईँको मुख्य प्लगिन फाइलमा (प्लगिन हेडरहरू भएको) रहेको Plugin Name को मानका आधारमा भरिनेछ। उदाहरणका लागि, यदि तपाईँले आफ्नो Plugin Name: Boaty McBoatface सेट गर्नुभयो भने तपाईँको युआरएल https://wordpress.org/plugins/boaty-mcboatface हुनेछ र तपाईँको स्लग boaty-mcboatface हुनेछ। यदि तपाईँको नामसँग विद्यमान प्लगिन छ भने, तपाईँ boaty-mcboatface-2 हुनुहुनेछ र यस्तै क्रम जारी रहनेछ। यसले वर्डप्रेस पोस्ट नामहरूजस्तै ठ्याक्कै व्यवहार गर्छ।

तपाईँको प्लगिन स्वीकृत भएपछि यसलाई पुन: नामकरण गर्न सकिँदैन।

मैले मेरो प्लगिन नाममा गल्ती गरेँ। के मैले यसलाई अपडेट गर्नुपर्छ?

यो तपाईँले के परिवर्तन गर्न चाहनुहुन्छ भन्नेमा निर्भर गर्दछ। यदि तपाईँ प्लगिनको प्रदर्शन नाम परिवर्तन गर्न चाहनुहुन्छ भने, यस पृष्ठमा आफ्ना प्लगिन फाइलहरू अपडेट गरेर त्यसलाई अपडेट गर्न सक्नुहुन्छ। यदि तपाईँ परिवर्तन गर्न चाहनुभएको कुरा तपाईँको प्लगिनको पर्मालिङ्क / स्लग हो भने, हामीले समीक्षा सुरु गर्नु अघि तपाईँले त्यो एक पटक गर्न सक्नुहुन्छ (यदि त्यो उपलब्ध छ भने, तपाईँले यस पृष्ठमा त्यसलाई परिवर्तन गर्ने लिङ्क देख्नुहुनेछ)। यदि यो सम्भव छैन भने, तपाईँले हामीलाई plugins@wordpress.org मा सम्पर्क गर्न आवश्यक हुनेछ, प्लगिन अझै स्वीकृत नभएसम्म हामी त्यसलाई परिवर्तन गर्न सक्छौँ।

केही खास नामहरू प्रयोग गरेर प्लगिन पेस गर्न किन मिल्दैन?

ट्रेडमार्क दुरुपयोगका कारण केही प्लगिन नामहरू निषेधित छन्। त्यसैगरी, तपाईँको सुरक्षाका लागि हामी तिनको प्रयोग प्लगिन स्लगहरूमा पूर्ण रूपमा रोक्छौँ।