close
सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/असार, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख
BERJAYA

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल २९,७३८ लेखहरू छन् जस मध्येबाट १५९ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ असार पहिलो

[सम्पादन गर्नुहोस्]
{{{2}}}

डेनियल्ले लुइजी मोइनेट (जन्म:२८ नोभेम्बर १९८३) एक अमेरिकी व्यवसायी महिला कुस्ती खेलाडी, मोडल, अभिनेत्री तथा अवकाशप्राप्त फुटबल खेलाडी हुन्। उनी अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईमा समर रेको नामले परिचित छिन्। उनी डब्ल्युडब्ल्युईद्वारा सञ्चालित टोटल डिभास नामक एक वास्तविक टेलिश्रृङ्खलाको दोस्रो तथा दोस्रो संस्करणकी प्रमुख पात्र थिइन्। डब्ल्युडब्ल्युईसँग आवद्ध हुनु भन्दा अगाडि उनले सिकागो ब्लिस नामक एक अमेरिकी फुटबल क्लबकी खेलाडी रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०७९ असार दोस्रो

[सम्पादन गर्नुहोस्]
{{{2}}}

पूर्व पाकिस्तान (बङ्गाली: পূর্ব পাকিস্তান, पूर्बो पाकिस्तान; उर्दू: : مشرقی پاکستان‎, मशरिकी पाकिस्तान), एक इकाई व्यवस्था अन्तर्गत तत्कालीन पाकिस्तानको पूर्वी इकाई वा भाग थियो। यो हाल बङ्गलादेशको स्थानमा सन् १९५५ देखि सन् १९७१ सम्म विद्यमान रहेको थियो। यसको राजधनी ढाका र राष्ट्रियभाषा बङ्गाली थियो। पूर्व पाकिस्तानको कुल क्षेत्रफल १,४७,५७० वर्ग किलोमिटर रहेको थियो। यो क्षेत्रको पूर्व उत्तर र पश्चिममा भारत र दक्षिणमा बङ्गालको खाडीको रहेको थियो। यसको साथसाथै यसको पूर्वी भूभागको सीमाले छिमेकी देश बर्मालाई छोएको थियो। यो पाकिस्तानको सबैभन्दा ठूलो क्षेत्रको रूपमा स्थापित भएको थियो भने अर्थव्यवस्था, राजनैतिक प्रतिनिधित्व र जनसङ्ख्याको आधारमा पूर्व पाकिस्तान तत्कालीन पाकिस्तानको सबै ठूलो राज्य बनेको थियो। सन् १९७१ डिसेम्बर १६ का दिन ९ महिनापछि समाप्त भएको स्वतन्त्रता युद्धमा विजय हासिल गरेपछि एक नयाँ सार्वभौम राष्ट्रको रूपमा बङ्गलादेशको उदय भऐको थियो (पूरा  पढ्नुहोस्...)