नरेन्द्र मोदी
नरेन्द्र मोदी | |||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नरेन्द्र मोदीको आधिकारिक तस्वीर, सन् २०२३ | |||||||||||||||
| भारतको १४औ प्रधानमन्त्री | |||||||||||||||
| पद बहाली २६ मे २०१४ | |||||||||||||||
| राष्ट्रपति |
| ||||||||||||||
| उपराष्ट्रपति | मोहम्मद हमिद अन्सारी एम. वेंकैया नायडू जगदीप धनखर | ||||||||||||||
| पूर्वाधिकारी | मनमोहन सिंह | ||||||||||||||
| उतराधिकारी | कार्यरत | ||||||||||||||
| |||||||||||||||
| गुजरातको १४औँ मुख्यमन्त्री | |||||||||||||||
| कार्यकाल ७ अक्टोबर २००१ – २२ मे २०१४ | |||||||||||||||
| राज्य प्रमुख | डा. कमला बनिवाल, नवल किशोर शर्मा, एस.सी. जैन, ओ.पी. कोहली | ||||||||||||||
| पूर्वाधिकारी | केशुभाइ पटेल | ||||||||||||||
| उतराधिकारी | आनन्दीबेन पटेल | ||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||
| जन्म | नरेन्द्र दामोदरदास मोदी १७ सेप्टेम्बर १९५० | ||||||||||||||
| राजनीतिक दल | भारतीय जनता पार्टी | ||||||||||||||
| अन्य राजनीतिक संलग्नता | राष्ट्रिय स्वयंसेवक सङ्घ | ||||||||||||||
| जीवनसाथी | जसोदाबेन चिमनलाल मोदी | ||||||||||||||
| सन्तान | छैन | ||||||||||||||
| शिक्षा | स्नातकोत्तर (राजनीतिशास्त्र) [१] | ||||||||||||||
| मातृ शिक्षाप्रतिष्ठान | दिल्ली विश्वविद्यालय (बी.ए.) गुजरात विश्वविद्यालय (एम.ए.) | ||||||||||||||
| हस्ताक्षर | |||||||||||||||
| वेबसाइट | narendramodi.in | ||||||||||||||
As of २६ मे, २०१४ Source: गुजरात सरकार | |||||||||||||||
Deprecated parameter vicepresidentDeprecated parameter otherparty
नरेन्द्र दामोदरदास मोदी (ⓘ, गुजराती: નરેંદ્ર દામોદરદાસ મોદી; जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन्। नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो। उनले सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री काम गरेका थिए। सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन्।[२] ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको थियो।[३] नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका थिए।[४] उनी स्वतन्त्र भारतको १५औँ प्रधानमन्त्री तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन्।
वडनगरको एक गुजराती परिवारमा जन्मेका मोदीले बाल्यकालमा आफ्नो बुबालाई चिया बेच्न मद्दत गरे, र पछि आफ्नै पसल चलाए। आठ वर्षको उमेरमा नै उनी आरएसएसमा सामेल भए, जससँग उनी लामो समयसम्म सम्बद्ध रहे।[५]स्नातक गरेपछि, उनले घर छोडे। मोदीले दुई वर्षसम्म भारतभरि यात्रा गरे, धेरै धार्मिक केन्द्रहरूको भ्रमण गरे। उनी १९६९ वा १९७० मा गुजरात फर्किए र त्यसपछि अहमदाबाद सरे।[६]
१९७१ मा उनी आरएसएसको पूर्ण-कालिन कार्यकर्ता बने। १९७५ मा राष्ट्रव्यापी आपतकालको समयमा उनी केही समयको लागि लुक्न बाध्य भए। उनी १९८५ मा भाजपामा सामेल भए र २००१ सम्म पार्टी पदानुक्रम भित्र विभिन्न पदहरूमा कार्य गरे , र सचिवको पदसम्म पुगे। [७]
२००१ को गुजरात भूकम्प (भुज भूकम्प) पछि, गुजरातका तत्कालीन मुख्यमन्त्री केशुभाइ पटेलको बिग्रँदो स्वास्थ्य र खराब सार्वजनिक छविका कारण २००१ मा श्री नरेन्द्र मोदीलाई गुजरातको मुख्यमन्त्रीको रूपमा नियुक्त गरिएको थियो। नरेन्द्र मोदी चाँडै नै व्यवस्थापिका सभामा निर्वाचित भए। २००२ को गुजरात दंगामा उनको प्रशासनलाई कठोर मानिएको थियो, र उनले परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने कुराको पनि आलोचना भएको थियो।[८] यद्यपि, सर्वोच्च अदालतद्वारा नियुक्त विशेष अनुसन्धान टोली (SIT) ले अभियोजन कार्यवाही सुरु गर्ने कुनै प्रमाण फेला पारेन।[९] गुजरातको मुख्यमन्त्रीको रूपमा उनको नीतिहरूलाई आर्थिक विकासलाई प्रवर्द्धन गर्ने श्रेय दिइयो।[१०]
यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औँ मुख्यमन्त्रीको रूपमा रहेका थिए। उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (सन् २००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए। गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नामले चिनिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन्। उनी सामाजिक सञ्जाल ट्विटरमा सबैभन्दा बढी अनुसरण गरिएका भारतीय नेता हुन्।[११] टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति सन् २०१४ को लागि ५० उम्मेदवारहरूको सूचीमा राखेको थियो।[१२] उनको नेतृत्वमा, भारतको मुख्य विपक्षी दल भारतीय जनता पार्टी ले २०१४ लोकसभा चुनाव लडेको थियो र २८२ सिट जितेर अभूतपूर्व सफलता हासिल गरेको थियो।[१३]एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको साँस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लड्दै दुवै ठाउँबाट विजय प्राप्त गरेका थिए।[१४]
उनको शासनकालमा भारतको प्रत्यक्ष विदेशी लगानी र पूर्वाधारमा खर्च तीव्र गतिमा बढ्यो।[१५] उनले नोकरशाहीमा धेरै सुधार गरे र योजना आयोग लाई नीति आयोग ले प्रतिस्थापन गरे।[१६]त्यसपछि, २०१९ मा, भारतीय जनता पार्टी (भाजपा) ले उनको नेतृत्वमा फेरि चुनाव लड्यो र अझ ठूलो जित हासिल गर्यो। पार्टीले कुल ३०३ सिट जित्यो। भाजपा समर्थित दलहरूको गठबन्धन एनडीएले कुल ३५२ सिट जित्यो।[१७] नरेन्द्र मोदीले ३० मे २०१९ मा लगातार दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्नुभयो।[१८]
२०१९ को भारतीय आम चुनावमा उनको पार्टीको विजय पछि, उनको प्रशासनले जम्मू कश्मीर पुनर्गठन ऐन, २०१९ लाई खारेज गर्यो, जसले जम्मू कश्मीरको विशेष हैसियत खारेज गर्यो। उनको प्रशासनले नागरिकता (संशोधन) ऐन, २०१९ पनि पेश गर्यो, जसको परिणामस्वरूप देशभर व्यापक विरोध भयो। मोदी आफ्नो हिन्दू राष्ट्रवादी विश्वास र २००२ गुजरात दंगा मा उनको कथित भूमिकालाई लिएर घरेलु र अन्तर्राष्ट्रिय रूपमा विवादको पात्र बनेका छन्,[१९] जसलाई बहिष्करणकारी सामाजिक एजेन्डाको प्रमाणको रूपमा उद्धृत गरिएको छ। मोदीको कार्यकालमा, भारतले लोकतान्त्रिक पछाडि हटेको अनुभव गरेको छ।[२०][२१]
त्यसपछि, २०२४ मा, भारतीय जनता पार्टीले उनको नेतृत्वमा फेरि चुनाव लड्यो, र कुल २४० सिट जित्यो। भाजपालाई समर्थन गर्ने दलहरूको गठबन्धन एनडीएले कुल २९२ सिट हासिल गर्यो।[२२] 9 जून 2024 को शपथ ग्रहण कर नरेन्द्र मोदी लगातार तीसरी बार प्रधानमन्त्री बने। शपथ ग्रहण के बाद वह पहले ऐसे अन कांग्रेसी प्रधानमंत्री बने जो 1962 के बाद लगातार तीसरी बार प्रधानमंत्री बने और उन्होंने पंडित जवाहर लाल नेहरू के बराबरी की। नरेन्द्र मोदीले जुन ९, २०२४ मा लगातार तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। उनी १९६२ पछि पंडित जवाहरलाल नेहरूको बराबरी गर्दै, लगातार तेस्रो कार्यकालको लागि पद धारण गर्ने पहिलो गैर-कांग्रेसी प्रधानमन्त्री बने। [२३][२४]
अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन्। उनले गुजराती वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन्।
निजी जीवन
नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा तत्कालीन बम्बई राज्यको मेहसाणा जिल्लाको वडनगर गाउँमा मध्यमवर्गीय परिवारमा हीराबेन मोदी र दामोदरदास मूलचन्द मोदीको घरमा भएको थियो।[२५]उनी जन्मेका छ सन्तानमध्ये तेस्रो थिए। मोदीको परिवार मोध-घाँची-तेली समुदाय अन्तर्गतको थियो।,[२६][२७]जसलाई भारत सरकार द्वारा अन्य पिछडिएका वर्गहरू को रूपमा वर्गीकृत गरिएको छ।[२८]उहाँ कडा शाकाहारी हुनुहुन्छ।[२९]आफ्नो युवावस्थामा, दोस्रो भारत-पाकिस्तानी युद्धको समयमा, उनले रेलवे स्टेशनहरूमा यात्रा गर्ने सिपाहीहरूको सेवा गर्न स्वयंसेवा गरे।[३०]युवावस्थामा, उनी विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद मा सामेल भए। उनले भ्रष्टाचार विरोधी नव निर्माण आन्दोलनमा पनि भाग लिए। पूर्ण-समय आयोजकको रूपमा काम गरेपछि, उनलाई भारतीय जनता पार्टी मा संगठनको प्रतिनिधिको रूपमा मनोनित गरियो।[३१]किशोरावस्थामा आफ्नो भाइसँग चिया पसल चलाउने मोदीले आफ्नो स्कूले शिक्षा वडनगरमा पूरा गरे।[२५]आरएसएस प्रचारक हुँदाहुँदै, उनले १९८० मा गुजरात विश्वविद्यालय बाट राजनीति विज्ञान मा स्नातकोत्तर परीक्षा दिए र विज्ञानमा स्नातकोत्तर डिग्री हासिल गरे।[३२]
आर्थिक नीति
मोदी सरकारको आर्थिक नीति नवउदारवादमा आधारित अर्थतंत्रको निजीकरण र उदारीकरणमा केन्द्रित भयो।[३३] मोदीले भारतको प्रतक्ष्य वैदेशिक लगानीलाई उदार बनाए, र रक्षा र रेल क्षेत्र सहित धेरै उद्योगमा विदेशी लगानीलाई अनुमति दिए।[३४][३५] अन्य प्रस्तावित सुधारमा मजदुरलाई युनियन बनाउन कडाइ, र रोजगारदातालाई कर्मचारी हटाउन सहज नीति थिए।;[३३] यी मध्ये केही प्रस्तावहरू विरोधका कारण फिर्ता भए।[३६] २ सेप्टेम्बर २०१५ मा भारतीय जनता पार्टीको भातृ मजदुर सङ्गठन सहित देशका ११ ठुला युनियनहरू हड्तालमा उत्रिएकाले मजदुर युनियनबाट बिरोधको कारण फिर्ता भए।[३३]
मोदी प्रशासनद्वारा गरिबी निवारण कार्यक्रम र सामाज कल्याण कार्यक्रममा भारी कटौती गरियो।[३७] सामाजिक कार्यक्रमामा खर्च गरिएको रकम कांग्रेस सरकारमा जीडीपीको १४.६% प्रतिशत बाट झरेर मोदीको पहिलो वर्ष १२.६% पुग्यो।स्वास्थ्य तथा परिवार कल्याणको खर्च १५% ले र प्राथमिक र माध्यमिक तहकोशिक्षामा विनियोजित रकममा १६%ले कमी आयो।"सर्व शिक्षा अभियान" आर्यक्रममा विनियोजित रकममा २२% ले कमी भयो।सरकारले व्यवसायिक कर कटौती, सम्पत्ति कर अन्त्य, सेल्स ट्याक्समा बढोत्तरी, र सुन र गहनामा भन्सार कटौती पनि गर्यो।२०१४ अक्टोबर मा, मोदी सरकारले डिजेल मूल्यलाई नियमन नगर्ने भयो।[३८]
विदेश नीति
मोदीको चुनाबी अभियानमा विदेश नीतिको त्यति स्थान थिएन, र बिजेपीको चुनाबी घोशानापत्रमा पनि त्यति महत्व दिइएको थिएन।[३९] मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सबै सार्क राष्ट्रका नेताहरूलाई आमन्त्रित गरेका थिए।[४०][४१] त्यसो गर्ने उनी प्रथम भारतीय प्रधानमन्त्री थिए।[४२]
मोदीको विदेश नीति, पूर्ववर्ती कांग्रेस सरकारको जस्तै, आर्थिक सम्बन्ध, सुरक्षा तथा क्षेत्रीय सम्बन्ध सुधार गर्नेमा केन्द्रित थियो।[३९] मोदीले मनमोहन सिंहको "बहु पक्ष" नीतिलाई निरन्तरता गरे।[३९] मोदी प्रशासनले "मेक इन इन्डिया" र "डिजिटल इन्डिया" जस्ता नाराबाट विभिन्न स्रोत, विशेषत पूर्वी एसियाबाट, भारतीय अर्थतन्त्रमा विदेशी लगानी आकर्षित गर्ने प्रयास गर्यो। मोदी सरकारले बहराइन, इरान, साउदी अरब, र संयुक्त अरब इमिरेट्स जस्ता मध्य पूर्वका इस्लामिक राष्ट्रहरू संग र इजरायलसंग पनि सम्बन्ध सुधार गर्ने प्रयास गर्यो।
भारत-अमेरिका सम्बन्धमा पनि नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सुधार आयो। [४३] २००५ मा मोदी गुजरातको मुख्यमन्त्री भएको समयमा उनलाई मानवाधिकार सम्बन्धी मामिलाको कारणले बुस प्रशासनले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। यसै कारणले चुनावको समयबाट नै मोदीको प्रधानमंत्रीकालमा अमेरिका-भारत द्विपक्षीय सम्बन्ध कस्तो होला भनी व्यापक चर्चा चलेको थियो। यद्यपि मोदीको अवश्यम्भावी विजयलाई मध्यनजर गर्दै, अमेरिकी राजदुत नान्सी पावेल पश्चिमा सम्बन्धी सुधार गर्न मोदीसंग भेटे। थप रुपमा, २०१४ मा प्रधानमन्त्रीको रुपमा उनको विजय पछि, राष्ट्रपति बाराक ओबामाले टेलीफोनमा उनलाई बधाई दिए र अमेरिका भ्रमणको लागि आमन्त्रण गरे।[४४] बाराक ओबामा र डोनाल्ड ट्रंप दुवैको राष्ट्रपतिकालमा मोदी सरकार अमेरिकासंग राम्रो विदेश सम्बन्ध कायम गर्न सफल रहे।[४५][४६]
चुनावको केही महिना पछि, मोदीले केही देशको भ्रमण गरे, र ब्रिक्स, आसियान, र जी- ट्वान्टी शिखर सम्मेलनमा उपस्थित भए।[३९] मोदीको सुरुवाती भ्रमण मध्ये एक नेपाल भ्रमण थियो, जसमा उनले एक अर्ब डलर सहयोग गर्ने बाचार गरेका थिए।[४७] मोदीले कयौ पटक अमेरिकाको भ्रमण गरेका थिए।[४१] २००२ मा गुजरात दङ्गामा मोदीको भूमिकामा प्रश्न उठाउदै मोदीलाई भिसादिन अवीकर गरेकाले, यो अप्रत्याशित समबन्ध बिकास भएको थियो। उनको भ्रमण दुई देश बीच कुटनैतिक तथा आर्थिक सम्बन्ध सुधारको अपेक्षा गरिएको थियो।[४१]
२०१५ मा, भारतीय संसदले मनमोहन सिंहले सुरु गरेको भारत र बङ्गलादेश बीचको जमिन आदानप्रदानको सन्धिलाई अनुमोदन गर्यो। मोदी प्रशासनले १९९१ को भारतको "पूर्व तर्फ हेर" नीतिलाई पुनर्जागृत गरायो। सरकारले म्यानमारसंग मणिपुर राज्यबाट म्यानमार जोड्ने सडक निर्माण गर्ने सम्झौता गर्यो। व्यापार भन्दा पनि सिमा सुरक्षालाई प्राथमिकता दिने म्यानमार संग यो ऐतिहासिक सम्झौता थियो।[४८] २०२० को चीन -भारतका सेना बीच झडप भएपछि चीन - भारत सम्बन्धमा तिक्तता झनै बढ्यो।[४९] मोदीले अफगानिस्तानको दुई पटक भ्रमण गरे र २०१६ मा उनलाई अफगानिस्तानको सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको थियो। उनले अफगानिस्तानमा ९०० मिलियन डलरको सहायतको घोषणा गरेका थिए।[५०]
सन्दर्भ सामग्रीहरू
- ↑ नरेन्द्रको शिक्षा
- ↑ मोदी विजय जुलुसको तयारीमा बी बी सी नेपाली सेवा
- ↑ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित अभिलेखिकरण २०१४-०५-१९ वेब्याक मेसिन अनलाइन खबर
- ↑ "मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण", सम्बद मेडिया, १२ जेठ २०७१।[स्थायी मृत कडी]
- ↑ "Live Latest News Headlines at newkerala.com Daily News", www.newkerala.com, मूलबाट २०१४-०३-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२०।
- ↑ Marino, Andy (२०१४-०४-०६), Narendra Modi: A political Biography (अङ्ग्रेजीमा), Harper Collins, पृ: 24, आइएसबिएन 978-93-5136-218-0।
- ↑ Shekhar, Himanshu (१९०१), Management Guru Narendra Modi (अङ्ग्रेजीमा), Diamond Pocket Books Pvt Ltd, पृ: 64, आइएसबिएन 978-81-288-2803-4।
- ↑ "संग्रहीत प्रति", मूलबाट ४ अप्रैल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मई २०१८।
- ↑ "संग्रहीत प्रति", मूलबाट २० दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मई २०१८।
- ↑ "संग्रहीत प्रति", मूलबाट १२ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मई २०१८।
- ↑ "ट्वीटरमा मोदी अगाडि", एम नेपाल, २०१४ नोभेम्बर २६। अभिलेखिकरण २०१५-०१-०३ वेब्याक मेसिन
- ↑ "मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक", राजधानी, अन्तिम पहुँच २२ मङ्सिर २०७१। अभिलेखिकरण २०१६-०३-०८ वेब्याक मेसिन
- ↑ "Partywise Trends & Result", मूलबाट २३ फ़रवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मई २०१४। अभिलेखिकरण २०१४-१२-१८ वेब्याक मेसिन
- ↑ "भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी", नेपाल डेली, १६ मे २०१४। अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन
- ↑ Stepan, Alfred (२०१५-०१-०७), "India, Sri Lanka, and the Majoritarian Danger", Journal of Democracy (अङ्ग्रेजीमा) 26 (1): 128–140, आइएसएसएन 1086-3214, डिओआई:10.1353/jod.2015.0006।
- ↑ "NITI Aayog Releases State Statistics Handbook | ABC Live India" (en-USमा), अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "Alliance Wise Election Live Results 2019: Lok Sabha Elections Result Live Alliance Wise, Party Wise", News18, मूलबाट १२ नवंबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "PM Modi Becomes Longest Serving Non-Congress Prime Minister", NDTV.com, मूलबाट १८ दिसंबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ Jaffrelot, Christophe (२०१३-०६-०१), "Gujarat Elections: The Sub-Text of Modi’s ‘Hattrick’—High Tech Populism and the ‘Neo-middle Class’:", Studies in Indian Politics (अङ्ग्रेजीमा), डिओआई:10.1177/2321023013482789।
- ↑ Jaffrelot, Christoph (२०२१), Modi's India: Hindu Nationalism and the Rise of Ethnic Democracy, Princeton University Press।
- ↑ "Democratic Backsliding in India, the World’s Largest Democracy | V-Dem", www.v-dem.net, मूलबाट २७ फ़रवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२०। अभिलेखिकरण २७ फेब्रुअरी २०२१ वेब्याक मेसिन
- ↑ "Alliance Wise Election Live Results 2019: Lok Sabha Elections Result Live Alliance Wise, Party Wise", News18, मूलबाट १२ नवंबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "PM Modi Becomes Longest Serving Non-Congress Prime Minister", NDTV.com, मूलबाट १८ दिसंबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२१।
- ↑ "PM Modi Becomes Longest Serving Non-Congress Prime Minister", NDTV.com, मूलबाट १८ दिसंबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२१।
- 1 2 "पिक्स : कभी बेचते थे चाय, आज हैं सबसे 'शक्तिशाली' राज्य के मुख्यमंत्री", दैनिक भास्कर, २८ अगस्त २०१२, मूलबाट १८ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फरबरी २०१४।
- ↑ "'Modi is a Teli-Ghanchi OBC': BJP - Times of India", The Times of India, मूलबाट ६ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०१७।
- ↑ "caste rules in Text and context", मूलबाट १० दिसंबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ दिसंबर २०१७।
- ↑ "नरेंद्र मोदी की जाति पर आरोप-प्रत्यारोप", मूलबाट २३ अक्तूबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्तूबर २०१७।
- ↑ "पतंगबाजी के मैदान में भी छक्के छुड़ा देते हैं मोदी", आज तक (नई दिल्ली), २० दिसम्बर २०१२, मूलबाट ४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१३।
- ↑ "भारत-पाक युद्ध में मोदी ने की थी भारतीय सैनिकों की सेवा", आज तक (नई दिल्ली), २० दिसम्बर २०१२, मूलबाट ४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१३।
- ↑ "Biography – Narendra Modi", मूलबाट २१ अप्रैल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्त २०१२। अभिलेखिकरण २००९-०४-२१ वेब्याक मेसिन
- ↑ "Modi proves to be an astute strategist", द हिन्दू (Chennai, भारत), २३ दिसम्बर २००७accessdate=१५ फरबरी २०१४, मूलबाट १४ मई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्त २०१२।
- 1 2 3 Shah, Alpa; Lerche, Jens (१० अक्टोबर २०१५), "India's Democracy: Illusion of Inclusion", Economic & Political Weekly 50 (41): 33–36।
- ↑ "Cabinet approves raising FDI cap in defence to 49 percent, opens up railways", The Times of India, ७ अगस्ट २०१४, मूलबाट ७ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५। अभिलेखिकरण ७ अगस्ट २०१५ वेब्याक मेसिन
- ↑ Zhong, Raymond (२० नोभेम्बर २०१४), "Modi Presses Reform for India—But Is it Enough?", The Wall Street Journal, मूलबाट २९ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०१६।
- ↑ "Modi renews labour reforms push as jobs regain focus before polls", The Economic Times, १४ मार्च २०१८, अन्तिम पहुँच ६ फेब्रुअरी २०१९।
- ↑ Manor, James (२०१५), "A Precarious Enterprise? Multiple Antagonisms during Year One of the Modi Government", South Asia: Journal of South Asian Studies 38 (4): 736–754, डिओआई:10.1080/00856401.2015.1083644।
- ↑ Shrivastava, Rahul (१८ अक्टोबर २०१४), "Narendra Modi Government Deregulates Diesel Prices", NDTV, मूलबाट २९ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०१७।
- 1 2 3 4 Hall, Ian (२०१५), "Is a 'Modi doctrine' emerging in Indian foreign policy?", Australian Journal of International Affairs 69 (3): 247–252, डिओआई:10.1080/10357718.2014.1000263।
- ↑ Grare, Frederic (Winter २०१५), "India–Pakistan Relations: Does Modi Matter?", The Washington Quarterly 37 (4): 101–114, डिओआई:10.1080/0163660X.2014.1002158।
- 1 2 3 Pant, Harsh V. (Fall २०१४), "Modi's Unexpected Boost to India-U.S. Relations", The Washington Quarterly 37 (3): 97–112, डिओआई:10.1080/0163660X.2014.978438।
- ↑ Praveen, Swami (२१ मे २०१४), "In a first, Modi invites SAARC leaders for his swearing-in", The Hindu (Chennai, India), मूलबाट २५ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१४।
- ↑ Hall 2020, pp. 283-285; Gupta 2019, pp. 3-9; Madan 2020, pp. 65.
- ↑ "Readout of the President's Call with Prime Ministerial Candidate Narendra Modi of India", whitehouse.gov (अङ्ग्रेजीमा), १६ मे २०१४, मूलबाट १ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१ – National Archivesद्वारा।
- ↑ Sammon, Alexander (२३ जनवरी २०२०), "Barack Obama's Legacy Is Narendra Modi", The American Prospect (en-usमा), मूलबाट ७ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१। अभिलेखिकरण ७ नोभेम्बर २०२० वेब्याक मेसिन
- ↑ "Obama, in reply to question on friendship with Modi, ends up praising Manmohan", India Today (अङ्ग्रेजीमा), १ डिसेम्बर २०१७, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१।
- ↑ Mocko, Anne; Penjore, Dorji (२०१५), "Nepal and Bhutan in 2014", Asian Survey 55 (1): 75–81, डिओआई:10.1525/AS.2015.55.1.75।
- ↑ Downie, Edmund (२५ फेब्रुअरी २०१५), "Manipur and India's 'Act East' Policy", The Diplomat, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
- ↑ "Modi takes veiled dig at China on visit to disputed border area", Al Jazeera, ३ जुलाई २०२०, अन्तिम पहुँच ३ जुलाई २०२०।
- ↑ "President Ashraf Ghani's Congratulatory Message on the Occasion of India's 73rd Independence Day", President of Afghanistan (अङ्ग्रेजीमा), १५ अगस्ट २०१९, मूलबाट २१ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२१।
